चीनले फेरि नाप्यो सगरमाथाको उचाई, भन्योः ‘उचाई ४ मिटर कम भयो’

काठमाडौंः चीनले विश्वको उच्च शिखर सगरमाथाको उचाई पुनः नापेको छ । यसका लागि चीनको ८ सदस्यीय सर्वेक्षण टोली तिब्बत हुँदै बुधवार माउन्ट एभरेष्टको चुचुरोमा पुगेको थियो ।

चीनका अनुसार सगरमाथाको उचाई ८८४४.४३ मिटर रहेको छ । तर, नेपालले सगरमाथको उचाई नाप्दा ८८४८.१३ मिटर थियो ।

याे पनि पढ्नुस  प्रधानमन्त्री ओली दुईवटा गैंडा लिएर चीन जाने

चीनले १ मेदेखि विश्वको सबैभन्दा उच्च शिखरको सगरमाथाको उचाइ नाप्न सर्वेक्षण शुरू गरेको थियो । सिन्हुआ समाचार एजेन्सीलाई उदृत गर्दै आजतकमा प्रकाशित समाचारअनुसार सगरमाथा आरोहणको उचाईमा चीनले विश्वास गर्दछ कि नेपालले उचाई सही मापन गरेको छैन ।

रिपोर्टका अनुसार नेपालको यहीँ गल्तीको कारण चीनले फेरि सगरमाथाको उचाई मापन गरेको थियो ।

याे पनि पढ्नुस  सयभन्दा बढी नेपाली विद्यार्थीलाई चीनले दियो सरकारी छात्रवृत्ति !

अहिलेसम्म चिनियाँ सर्वेक्षणकर्ताहरूले सगरमाथाको उचाई दुईपटक नापिसकेका छन् । सन् १९७५ र सन् २००छ मा सगरमाथाको उचाई क्रमशः ८८४८.१३ मिटर र ८८४४.४३ मिटर रहेको चिनियाँ सर्वेक्षणकर्ताहरूले बताएका थिए ।
फोटोः सिन्हुआ

कमेन्ट गर्नुहोस्