नेपालमा कोरोना संक्रमणबाट पाँचौं व्यक्तिको मृत्यु

काठमाडौंः नेपालमा कोरोना संक्रमणबाट पाँचौं व्यक्तिको मृत्यु भएको छ । बुधबार मृत्यु हुने संक्रमित ललितपुरका हुन् ।

ललितपुर महानगरपालिका २२ का ५७ वर्षीय पुरुषको किष्ट अस्पतालमा कोरोना संक्रमणका कारण बुधबार साँझ निधन भएको हो ।

स्वास्थ्य कार्यालय, ललितपुरका प्रमुख डा. खगेश्वर गेलालका अनुसार, ११ गते उनी किस्टमा भर्ना भएका थिए ।

याे पनि पढ्नुस  आरडीटी पोजिटिभ देखिएका महानगरका कर्मचारीको पीसीआर रिपोर्ट आयो

अस्पतालले १२ गते नै उनको थ्रोट स्वाब संकलन गरेर परीक्षणका लागि पठाएको थियो । उनको रिपोर्ट पोजेटिभ आएको छ । यद्यपि, कोरोनाका कारण मृत्यु भएको भनेर औपचारिक घोषणा गर्न बाँकी छ ।

नेपालमा यसअघि सिन्धुपाल्चोक, बाँके, गुल्मी र बारामा कोरोना संक्रमणका कारण चारजनाको मृत्यु भइसकेको छ।

याे पनि पढ्नुस  भारतकाे तेलंगानामा लकडाउनको अवधि थप

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९०१ पुगेको छ । संक्रमितमध्ये ४ जनाको मृत्यु हुँदा १८३ जना निको भएका छन् ।

कमेन्ट गर्नुहोस्