भारतबाट फर्किने क्रममा मृत्यु भएका युवाको कोरोना रिर्पोट आयो

सुर्खेतः भारत गुजरातबाट फर्कने क्रममा मङ्गलबार राति मृत्यु भएका सुर्खेतका एक युवकको कोरोना रिर्पोट आएको छ ।

प्रदेश अस्पतालका निर्देशक डा डम्बर खड्काका अनुसार मृतकको बुधबार स्वाब परीक्षणका क्रममा कोरोना नभएको पाइएको छ । आफन्तका अनुसार ती युवामा बाथ रोगसम्बन्धी समस्या थियो । बबईबाट वीरेन्द्रनगर आउँदै गर्दा बान्ता गर्न थालेपछि उनलाई अस्पताल पुर्याइएको थियो । कोरोना नदेखिएपछि अस्पतालले शव परीक्षण गरेर परिवारलाई बुझाउनेछ ।

कमेन्ट गर्नुहोस्