मालिकको कोरोनाले मृत्यु, तर ३ महिनासम्म अस्पतालबाहिर कुरेर बस्यो कुकुर

वुहान, चीनः कुकुरलाई सबैभन्दा बढी वफादार जनावर मानिन्छ । हिन्दु धर्मशास्त्रमा कुकुरका कैयन कथा छन् ।

जीवनको अन्तिम कालखण्डमा पाँच पाण्डव स्वर्ग जान खोज्दा अन्तिममा कुकुर र धर्मराज युधिष्ठिर मात्रै बाँकी रहे । हिमालय पर्वतमा युधिष्ठिरले कुकुर पनि सँगै जान नसक्ने भए आफु नजाने कुरा गरेको पढन पाइन्छ । तर कलियुग भनिने यो समयमा पनि कुकुरको वफादारीले सबैको मन छोएको छ ।

याे पनि पढ्नुस  बर्दियामा थप ३ जनामा कोरोना पुष्टि

के हो त घटना ?

घटना चीनको वुहानको हो । वुहानलाई कोरोना भाइरसको उदगम थलोका रुपमा पनि चिनिन्छ । यही स्थानमा अहिले ७ वर्षको शिआओ बाओ नाम गरेको कुकुर चर्चामा छ ।

बाओका मालिकलाई कोरोना संक्रमण भयो । तीन महिना अघि उनलाई अस्पतालमा भर्ना गरियो । अस्पतालमा भर्ना हुँदा कुकुर पनि सँगै अस्पतालसम्म पुगेको थियो ।

याे पनि पढ्नुस  काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ९१ पुग्यो

अस्पताल भर्ना भएका कुकुरका मालिकको मृत्यु ६ दिनपछि नै भयो । तर कुकुर बाओ भने मालिक फर्किने आशामा तीन महिनासम्म अस्पताल परिसरको लबिमा नै कुरेर बस्यो । यो बीचमा अस्पतालका स्टाफले उनलाई खाना खुआए ।

११ अप्रिलका दिन वुहानमा लडकडाउन हटेर बजार खुलेपछि एकजना पसलले उक्त कुकुरलाई पाल्न लगेर गए । पसले वु कुईफेनका अनुसार, अप्रिलको मध्यतिर अस्पतालबाट बाहिर निस्क्दिा उनले कुकुरलाई लगेर गएका थिए ।

याे पनि पढ्नुस  अनुमति बिना एक जिल्लाबाट अर्को जिल्ला जान नपाइने

कुकुर निकै वफादार भएको वुले बताए । घर लगेपछि पनि एक दुईचोटी कुकुरलाई टाढा लगेर छोडेपनि फर्केर फेरी पसलमा आइपुगेको उनले बताए ।

कमेन्ट गर्नुहोस्