नेपालमा थप ७६ जनामा देखियो कोरोना

काठमाडौंः नेपालमा थप ७६ जनामा कोरोना देखिएको छ । बिहीबार थपिएका संक्रमित सबै प्रदेश २ का रहेका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा गरिएको परीक्षणमा ७६ जनामा कोरोना पुष्टि भएको हो ।

संक्रमित धनुषाका २९ जना, महोत्तरीमा १७ जना, सप्तरीमा १४ जना, सर्लाहीमा ७ जना, सिरहामा ६ जना र रौतहटमा ३ जना रहेका छन् ।

याे पनि पढ्नुस  चितवनमा २ जनाको पीसीआर परीक्षण पोजेटिभ, थप यकिन गर्न स्वाब काठमाडौं पठाइयो

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ सय ६२ जना पुगेको छ । संक्रमितमध्ये एक सय ८३ निको हुँदा पाँच जनाको मृत्यु भएको छ ।

कमेन्ट गर्नुहोस्