सुदूरपश्चिममा फेरि थपिए ३ जना कोरोना संक्रमित

कैलालीः सुदूरपश्चिमका थप ३ जनामा कोरोना पुष्टि भएको छ । तीन जनाको धनगढी प्रयोेगशालामा कोरोना पुष्टि भएको हो ।

योसँगै सुदुरपश्चिमा संक्रमितको सङख्या २० पुगेको छ । सुदुरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले तीन जनामा संक्रमित थपिएको पुष्टि गरे ।

याे पनि पढ्नुस  अस्पतालले भन्यो– संक्रमित व्यक्तिको मृत्यु भएको छैन्, भेन्टिलेटरमा उपचार हुँदै

नयाँ सक्रमित मध्ये दुई जनाको टीकापुर र एक जनाको दार्चुला अस्पतालमा उपचार भइरहेको छ । प्रदेश सभाको छैटौँ अधिवेशनको तेस्रो बैठकमा कोरोना भाइरसको नियन्त्रणका लागि प्रदेश सरकारले गरेको गतिविधिको बारेमा जानकारी गराउँदै मन्त्री सुवेदीले बुधवार थप तीन जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।

याे पनि पढ्नुस  कोरोनाबाट अफगानिस्तानमा चिकित्सकको मृत्यु

कमेन्ट गर्नुहोस्