दाङका १५ कोरोना संक्रमितलाई अस्पताल लगियो

देउखुरीः दाङको लमहीस्थित सहिद नेत्रलाल अभागी स्मृति प्रतिष्ठानको क्वारेन्टाइनमा बसेका मध्य आठ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरूलाई कोरोना बिशेष अस्पताल बेल्झुण्डी लगिएको छ ।

कोरोना संक्रमण पुष्टि भएका व्यक्तिको स्वास्थ्य अवस्था सामान्य रहेको बताइको छ । बुधबार दाङमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । १५ जना व्यक्ति सबै क्वारेन्टाइनमै बसेकोले समुदायमा कोरोना संक्रमण हुने जोखिम नरहेको सम्वद्ध अधिकारीले जानकारी दिएका छन् ।

लमहीमा कोरोना संक्रमण पुष्टि भएका आठ जना मध्य सात जना भारतबाट आएको र एक जना दार्जि्िलङबाट आएका व्यक्ति रहेका छन् । यस्तै घोराहीमा भारतबाट आएका सात जना व्यक्ति रहेको र उनीहरु क्वारेन्टाइनमा बसेका थिए । जेठ ९ गते कृष्णनगर नाका हँुदै एम्बुलेन्स मार्फत लमही क्वारेन्टाइनमा आएका मध्य ७ जना व्यक्ति हुन् ।

याे पनि पढ्नुस  अन्त्येष्टिपछि कोरोना संक्रमण पुष्टि भएपछि...

अर्का एक जना महिला रहेको र ती महिला दार्जि्िलङबाट बस चढेर लमही आएकी थिइन् । उनी क्वारेन्टाइनमा बसेकी छिन् । घोराहीमा ७ र लमहीमा ८ जनामा कोराना संक्रमण पुष्टि भएपछि उनिहरुको ट्राभल हिस्ट्री खोज्न थालिएको लमही क्वारेन्टाइनका प्रमुख लोकराज पौडेलले जानकारी दिए ।

याे पनि पढ्नुस  थप ५ जनामा कोरोना देखियो

लमही नगरपालिकाले सहिद नेत्रलाल स्मृति प्रतिष्ठानमा बनाएको क्वारेन्टाइनमा ५१ जना छन । यहाँ बसेका मध्य आठ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जाँच गरिएको पिसिआर जाँचमा आठ जनामा कोरोना पुष्टि भएको छ ।

यस अघि दाङका तीन जनामा कोरोना संक्रमण देखिएको थियो । जिल्लामा संक्रमितको संख्या १८ पुगेको छ। लमही नगरपालिका वडा नम्बर १ निवासी २६ बर्षिय पुरुष, वडा नम्बर २ निवासी १७ बर्षिय पुरुष र ३० बर्षिय पुरुष, वडा नम्बर ४ निवासी २६ बर्षिय पुरुष, वडा नम्बर ५ निवासी २० बर्षिय पुरुष र २० बर्षिया महिला गरि दुईजनामा कोरोना पुष्टि भएको छ ।

याे पनि पढ्नुस  नेपालमा कोरोनाः संक्रमितको संख्या बढ्दै, परीक्षण घट्दै

वडा नम्बर ६ निवासी १८ बर्षिय पुरुष र लमही नगरपालिका वडा नम्बर ८ निवासी २३ बर्षिय पुरुष गरि जम्मा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै घोराही उपमहाननगरपालिका–१० का ३ जना वर्ष २४, ४०, ४० वर्षका पुरुष र वडा नम्बर १८ का ४ जना रहेका छन् । उनीहरु २४, २५, ४०, ४२ वर्षका पुरुष हुन् ।

कमेन्ट गर्नुहोस्