हङकङबारे अमेरिकी बयानले विश्वभरी चिन्ता, अर्थव्यवस्था र व्यापारमा गम्भीर असर पर्ने

काठमाडौंः अमेरिकी विदेश मन्त्री माइक पोम्पियोले हङकङबारे विवादाष्पद बयान दिएका छन् ।

अमेरिकी कांग्रेसमा बोल्दै पोम्पियोले यसअघि कुन कानुनी आधारमा विशेष सुविधा दिइएको थियो, त्यो अब दिन नसकिने बताए ।

यसबाट अमेरिका र हङकङको व्यापारा ठूलो असर पर्ने बताइन्छ । “आजको मितिमा कसैले पनि तर्कसम्मतरुपमा हङकङलाई चीनबाट स्वायत्तता पाइएको कुरा भन्न सक्दैन । यो विषयमा कुनै ठोस तथ्य पनि छैन ।” पोम्पियोले भने ।

अमेरिकी बयान हङकङमा नयाँ विवादित सुरक्षा कानुन लागु गर्ने बेला आएको हो । “हङकङको स्वतन्त्रतालाई कमजोर गर्नका लागि चीनले कैयन् कदम उठाएको छ । सुरक्षा कानुन यसको सबैभन्दा ताजा उदाहरण हो । यो स्पष्ट छ कि चीनले हङकङको स्वतन्त्रता समाप्त गर्न खोजिरहेको छ ।”

याे पनि पढ्नुस  ‘अगस्तसम्म अमेरिकामा डेढ लाख मानिसको मृत्यु हुन सक्ने’

विदेशमन्त्री पोम्पियोले ट्विट गरेर कांग्रेसलाई जानकारी दिएको बताएका हुन् ।

के अर्थ राख्छ यो बयानले ?

अहिलेसम्म अमेरिकाले आफ्नो कानुन अन्तर्गत हङकङलाई वैश्विक व्यापार हबको एउटा विशेष दर्जा दिँदै आएको छ । अमेरिकाले हङकङ बेलायतको उपनिवेश भइरहेको बेलादेखि नै यो दर्जा दिइरहेको हो ।

याे पनि पढ्नुस  भारत–चीन विवादमा अमेरिकाद्वारा मध्यस्थताको प्रस्ताव

हङकङमा हुने कारोबारलाई अन्तर्राष्ट्रिय विशेषाधिकार हासिल थियो । गत वर्षदेखि नै अमेरिकाले हङकङमा चीनको बढ्दो प्रभावलाई देखेर आफ्नो कानुनको मूल्यांकन गर्न शुरु गरेको थियो ।

अमेरिकी विदेश मन्त्रालयले हङकङलाई पूर्ण स्वामित्व नमिलेको प्रमाण कांग्रेसलाई बताएपछि यो विषयमा निर्णय हुनसक्छ ।

यदि यसो भयो भने चीन र हङकङ अमेरिकाका लागि समान किसिमको हुनेछन् । यसबाट हङकङ र अमेरिकी व्यापारमा निर्णायक नकारात्मक असर पर्नेछ ।

यो स्थितिमा हङकङसँग अर्बौं डलरको कारोबार प्रभावित हुनस्क्छ र भविष्यमा लगानी पनि प्रभावित हुनेछ । यसबाट चीन पनि प्रभावित हुने छ । चीनका कम्पनी र बहुराष्ट्रिय कम्पनीहरुले हङकङमा आफ्नो क्षेत्रीय व्यापार बेस बनाएका छन् ।

याे पनि पढ्नुस  न्यूयोर्कमा वृद्धमाथि प्रहरीको दुर्व्यवहार, घटनामा संलग्न प्रहरी निलम्बित

के हो चीनको सुरक्षा कानुन ?

चीनले हङकङमा सुरक्षा कानुन गर्ने प्रस्ताव पास गरेको छ । यो कानुन लागु भएपछि रिबोध प्रदशर्न गर्नु सहज हुने छैन । चीनले भने हिंसक बिरोध प्रदर्शन रोक्न कानुन ल्याउन खोजेको बताएको छ ।

कमेन्ट गर्नुहोस्