कर्णालीमा १ वर्षीय बालकसहित थप ८ जनामा कोरोना संक्रमण

काठमाडौंः कर्णाली प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश अस्पताल सुर्खेत र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा १ वर्षका बालकसहित ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नयाँ सक्रमित ८ जना नै दैलेखको नारायण नगरपालिकाका हुन् ।

याे पनि पढ्नुस  हामी सबैको चाहना भनेको तीव्र विकास हो, सुशासन होः मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार नारायण नगरपालिका–१, ३, ४ र ५ वडाका २६, १९, ३०, ३६, ४०, १, १७ वर्षका पुरुष र २० वर्षीया महिला रहेका छन् ।

यो सँगै कर्णाली प्रदेशमा कुल संक्रमितको संख्या ४६ पुगेको छ ।

कमेन्ट गर्नुहोस्