सरुवा भए स्वास्थ्य सचिव कोइराला

काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादव कोइरालाको सरुवा गगरिएको छ ।

नयाँ स्वास्थ्य सचिवका रूपमा लक्ष्मण अर्याललाई पठाइएको छ भने कोइरालालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानिएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

कोइराला स्वास्थ्य सचिव नियुक्त भएको ३ महिना पुगेको छैन । गत १८ फागुनमा बसेको मन्त्रिपरिषदको बैठकले कोइरालालाई स्वास्थ्य सचिवमा सरूवा गरेको थियो ।

याे पनि पढ्नुस  डा. चौधरीद्वारा स्वास्थ्य सचिवबाट राजीनामा

तर, स्वास्थ्यमा आएदेखि विवादमा तानिएका थिए । डाक्टरहरूलाई गाली गरेको भन्दै उनको आलोचना समेत भएको थियो । डाक्टर शेरबहादुर पुनको विवादको योजनकार उनी नै भएको आरोप लागेको थियो ।

अर्याल भने प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आर्थिक तथा पूर्वाधार विकास सचिवको रुपमा कार्यरत थिए ।

कमेन्ट गर्नुहोस्