मन्त्रिपरिषद् बैठक बस्दै, यी विषयमा हुनेछ छलफल

काठमाडौंः आगामी आर्थिक बर्षका लागि बजेट प्रस्तुत गर्नुअघि मन्त्रिपरिषद्को बैठक बस्दैछ । बैठक आज दिउँसो २ बजे बस्न लागेको हो ।

बजेट प्रस्तुत गर्नुअघि मन्त्रिपरिषद्बाट स्वीकृति लिनुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार मन्त्रिपरिषद् बैठक बोलाइएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने मन्त्रीपरिषद् बैठकमा कोरोना भाइरस नियन्त्रण, जारी लकडाउनलगायतका विषयमा छलफल हुँदैछ ।

याे पनि पढ्नुस  सर्वत्र विरोधपछि दुबै अध्यादेश फिर्ता लिने सरकारको निर्णय

त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओली दिउँसो १ बजे राष्ट्रिय योजना आयोगको बैठकमा सहभागी हुने उनका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्