१४ खर्ब ७४ अर्ब ६४ करोड रूपैयाँको बजेट प्रस्तुत

काठमाडौंः सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गरेको छ । बिहीबार संघीय संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट पेश गरेका हुन् ।

चालु आर्थिक वर्ष २०७६/७७ का लागि भने सरकारले १५ खर्ब ३२ अर्बको ९६ करोड ९१ लाख रुपैयाँको बजेट ल्याएको थियो ।

याे पनि पढ्नुस  अर्थमन्त्री भन्छन्, ‘अब करको दर बढाउने ठाउँ छैन’

आगामी आर्थिक वर्षका लागि चालुतर्फ ९ खर्ब ४८ अर्ब, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड र वित्तीय व्यवस्थातर्फ १ खर्ब ७२ अर्ब रुपैयाँको बजेट विनियोजन गरिएको छ ।

बजेटको स्रोत व्यवस्थापनमा राजस्वबाट ८ खर्ब ८९ अर्ब रुपैयाँ, वैदेशिक अनुदानबाट ६० अर्ब, वैदेशिक ऋणबाट २ खर्ब ९९ अर्ब रुपैयाँ जुटाइने अर्थमन्त्री खतिवडाले बताए ।

याे पनि पढ्नुस  युवराज खतिवडा अर्थ र सञ्चारमन्त्रीमा नियुक्त

आन्तरिक ऋणबाट २ खर्ब २५ अर्ब रुपैयाँ उठाउने उनले जानकारी दिए । अर्थमन्त्री डा.युवराज खतिवडाले अहिले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गरिरहेका छन् ।

कमेन्ट गर्नुहोस्