नेपालमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु, मृतक संख्या ६ पुग्यो

अर्घाखाँचीः नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

भारतबाट अर्घाखाँची आउँदै गर्दा बाटोमै मृत्यु भएका एक युवकमा कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएपछि मृत्यु हुनेको संख्या ६ पुगेको हो ।

गत जेठ १० गते भारतबाट फर्किने क्रममा मृत्यु भएका भुमिकास्थान नगरपालिका वडा नम्बर–९ चरेपानीका एक युवकको रिपोर्ट पोजेटिभ आएको प्रमुख जिल्ला अधिकारी विजय पौडेलले पुष्टि गरे । प्रजिअ पौडेलका अनुसार उनको कपिलवस्तु ल्याएर पोस्टमाटम गरिएको थियो ।

याे पनि पढ्नुस  कोरोनाले लियो ३ वर्षे बालकको ज्यान

लखनउबाट बसमा आउँदा आफूलाई छटपटी भएको बताएका उनलाई छाती दुख्ने र बान्ता हुने भएपछि बसमै मृत्यु भएको थियो ।

शवलाई कृष्णनगरबाट गएको एम्बुलेन्सले भारतीय सीमा बजार बढनीबाट नेपाल ल्याएको थियो । शवसँगै आएका दुई जनाको रिपोर्ट भने नेगेटिभ आएको छ । उनीहरूसँगै अर्घाखाँचीका ८० जनाको समूहमा आएका सबैलाई क्वारेन्टाइनमा राखिएको छ ।

याे पनि पढ्नुस  दिल्लीको तबलिकी जमातबाट फर्केका २ नेपालीमा कोरोना ‘पोजेटिभ’

भुमिकास्थान–९ का वडाध्यक्ष नारायणप्रसाद खनालले आज कोरोना संक्रमण पुष्टि भएका युवाको शव चार दिनअघि अन्त्येष्टि गरिसकेको जानकारी दिए ।

कमेन्ट गर्नुहोस्