विश्वमा झनझन् बढ्दै कोरोनाः संक्रमितको संख्यामा नयाँ रेकर्ड

काठमाडौंः विश्वभर कोरोना भाइरस संक्रमण दर झनझन् बढ्दै गएको छ ।

बिहीबार विश्वभर एक लाख १६ हजार तीन सय चार जनामा संक्रमण पुष्टि भएको छ । यो एकैदिन पुष्टि भएको अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमण हो ।

वर्ल्डओमिटरका अनुसार शुक्रबार बिहानसम्म विश्वमा कोरोना संक्रमितको संख्या ५९ लाख नाघेको छ । बिहीबार विश्वभर पाँच हजार ५८ को मृत्यु भएसँगै मृतक संख्या तीन लाख ६१ हजार पाँच सय ४९ पुगेको छ ।

याे पनि पढ्नुस  ‘एक कल फोन गर्नुहोस्, उपचारका लागि घरमै आउँछौं’

गएको २४ घण्टामा सबैभन्दा धेरै ब्राजिलमा २४ हजार १५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी अमेरिकामा २२ हजार ४१३, रुसमा ८ हजार ३७१, पेरुमा ५ हजार ८७४, चिलीमा ४ हजार ६५४, मेक्सिकोमा ३ हजार ४६३ जनामा संक्रमण पुष्टि भएको छ ।

याे पनि पढ्नुस  कोरोना देखिएकी युवतीले भेटेका मानिसको खोजी सुरु

बिहीबार अमेरिकामा १ हजार २२२, ब्राजिलमा १ हजार २९२, मेक्सिकोमा ४६३, बेलायतमा ३७७, रुसमा १७४, पेरुमा ११६, क्यानाडामा ११० जनाले ज्यान गुमाएका छन् ।

बिहीबार भारतमा ७ हजार ३ सय कोरोना संक्रमित थपिएका छन् । योसँगै भारतमा कोरोना संक्रमितको संख्या १ लाख ६५ हजार ३८६ पुगेको छ ।

याे पनि पढ्नुस  कोरोना आतंकः ८० को मृत्यु, २८ सयमा संक्रमण, युद्दस्तरमा प्रतिरक्षा गर्दै चीन

कोरोना संक्रमणबाट अहिलेसम्म भारतमा ४ हजार ७११ जनाको मृत्यु भएको छ । बिहीबार भारतमा कोरोना संक्रमणबाट १७७ जनाको मृत्यु भएको छ ।

कमेन्ट गर्नुहोस्