थप ४ जनामा कोरोना देखियो

काठमाडौंः सप्तरीको राजविराज नगरपालिकामा पनि कोरोना संक्रमण देखिएको छ ।

बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा राजविराज नगरपालिकाका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिए ।

चारैजना राजविराजस्थित राजदेवी माध्यमिक विद्यालयमा नगरपालिकाद्वारा संचालित क्वारेन्टाइनमा छन् । उनीहरु २० देखि २६ वर्ष उमेरका हुन् ।

याे पनि पढ्नुस  काठमाडौं उपत्यकामा संक्रमितको संख्या ४३ पुग्यो, को कहाँ छन् ?

राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवका अनुसार चारैजना राजविराज नगरपालिका वडा नम्बर १० का हुन् । उनीहरू भारतवाट आएका हुन् । यससँगै सप्तरी जिल्लामा कोरोना संक्रमितको संख्या ३३ पुगेको छ ।

कमेन्ट गर्नुहोस्