क्वारेन्टाइनमै मृत्यु भएका पुरुषको रिपोर्ट आयो

बर्दियाः बर्दियाको गुलरिया नगरपालिकामा रहेको बबई बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा मृत्यु भएका एक व्यक्तिको कोरोना रिपोर्ट आएको छ ।

उनको स्वाब संकलन गरी कोरोना परीक्षणका लागि पठाइएकोमा पीसीआर रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय प्रमुख गोकर्ण गिरीले जानकारी दिए ।

अछामबाट मजदूरी गरी फर्किएका गुलरिया नगरपालिका–९ का ५५ वर्षीय पुरुषको बुधबार क्वारेन्टाइनमा मृत्यु भएको थियो ।

कमेन्ट गर्नुहोस्