मिर्मिरे लघुवित्त रुकुमकोटद्वारा कोरोना प्रभावितलाई खाद्यान्न सहयोग

रुकुमः मिर्मिरे लघुवित्त संस्था लिमिटेडको शाखा कार्यालय रुकुमकोटले कोरोना भाइरस नियन्त्रणका लागि जारी गरिएको लकडाउनका कारण समस्यामा परेकालाई खाद्यान्न सहयोग गरेको छ ।

शाखाले कोरोनाबाट प्रभावित समुदायलाई १३ बोरा चामल र १ बोरा दाल गरि करिब २० हजार बराबरको खाद्यान्न सहयोग गरेको हो ।

याे पनि पढ्नुस  खाद्यान्न लुकाउनेलाई १० वर्ष कैद, ५ लाख जरिवाना !

सो खाद्यान्न शुक्रबार रुकुम पूर्वको सिस्ने गाउँपालिका-६ का वडाध्यक्ष सुधन रेग्मीको प्रमुख आतिथ्यमा संस्थाका कार्यालय प्रमुख नारद भण्डारीले हस्तान्तरण गरेका थिए ।

कमेन्ट गर्नुहोस्