कोठामा झुण्डिएको अवस्थामा फेला परिन् अनमी

तेह्रथुमः जिल्लाको मेन्छ्यायेम स्वास्थ्य चौकीमा कार्यरत अनमी तनुजा कार्की मृत अवस्थामा भेटिएकी छन् ।

मोरङ उर्लाबारी आइतबारे घर भई तेह्रथुमको मेनछ्यायेम स्वास्थ्य चौकीमा कार्यरत कार्की जेठ १३ गते मंगलबार तेह्रथुम बसपार्क नजिक रहेको सन्तोषी होटलमा मृत अवस्थामा भेटिएकी हुन् ।

याे पनि पढ्नुस  आज जन्मदिन मनाउन प्रधानमन्त्री ओली जन्मथलो तेह्रथुम जाँदै

जेठ १३ गते साँझ साढे ४ बजे तनुजा होटलको कोठामा झुण्डिएको अवस्थामा फेला परेकी प्रहरीले जनाएको छ । ‘शव पोष्टमार्टमका लागि पठाएका छौं,’ जिल्ला प्रहरी कार्यालय तेह्रथुमका डिएसपी नवीन किशोर प्रधानले भने, ‘घटनाबारे अनुसन्धानका लागि १ जनालाई नियन्त्रणमा लिएका छौं। घटनाबारे थप अनुसन्धान भइरहेको छ ।’

याे पनि पढ्नुस  आरडीटीमा पोजेटिभ देखिएका तेह्रथुमका ३ जनाको पीसीआर रिपोर्ट आयो

अनमी कार्कीको शव आफन्तले बुझिसकेका छन्। गत माघमा विदाका घर आएका समयमै उनले कार्यरत संस्थामा गाह्रो परेको भन्दै सरुवाका लागि पहल गरिदिन आग्रहसमेत गरेकी थिइन् ।

उनी परिवारसँग रोएको र परिवारले परिवारसँग छुट्टिएर बस्न गाह्रो भएको होला भन्ने सोचेर सम्झाएर पठाएको आफन्तले जनाएका छन् ।

कमेन्ट गर्नुहोस्