उच्चस्तरीय समन्वय समिति बैठक बस्दै, यी विषयमा हुँदैछ छलफल

काठमाडौंः कोभिड–१९ नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक बस्ने भएको छ । कोरोना रोकथामका लागि भइरहेका प्रयास र लकडाउनको अवस्थाबारे छलफल गर्न बैठक दिउँसो २ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्न लागेको हो ।

आजको बैठकमा कोरोना रोकथामका लागि भइरहेका प्रयास,लकडाउनको प्रभावकारितासँगै विदेशबाट फर्किन चाहनेहरूका विषयमा समेत छलफल हुने बताइएको छ ।

याे पनि पढ्नुस  लकडाउन लम्बिने सम्भावना

विदेशमा समस्यामा परिरहेका नेपालीलाई स्वदेश फर्काउने बारेमा सरकारले तयारी गरिरहेको छ ।

पछिल्लो समय भारतबाट समेत अव्यवस्थित तरिकाले फर्किनेहरूको संख्या बढिरहेको छ । अन्य देशबाट फर्किन चाहनेहरू सबैलाई एकैपटक ल्याउन नसकिने भनेर सरकारले स्पष्ट पारिसकेको छ।

पहिलो चरणमा २५ हजारलाई फर्काउने तयारी भइरहेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संसदीय समितिमा जानकारी समेत गराएका थिए।

कमेन्ट गर्नुहोस्