बहराइनमा कोरोना संक्रमित १ नेपालीले गरे आत्महत्या

काठमाडौंः बहराइनमा १ कोरोना संक्रमित नेपाली कामदारले क्वारेन्टाइनमा आत्महत्या गरेका छन् ।

ताप्लेजुङका ३८ वर्षीय एक पुरुषले उपचार भइरहेका बेला बिहीबार आत्महत्या गरेका हुन् । उनी एक्सिलेन्सी इन्डस्ट्रियल एण्ड मेन्टिनेन्स कम्पनीमा कार्यरत थिए ।

बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले आत्महत्याको पुष्टि गरेका छन् । ‘क्वारेन्टाइनभित्रको बाथरुममा झुन्डिएर उनले आत्महत्या गरेका हुन्’, राजदूत सुन्दासले भने ।

याे पनि पढ्नुस  सबैलाई धन्यवाद भन्दै खुशी साथ विदा भए क्वारेन्टाइनबाट नेपाली

राजदूत सुन्दासले बहराइनमा कोरोना संक्रमितको गुणस्तरीय उपचार भइरहेको जानकारी दिँदै नेपाली समुदायलाई नअत्तालिन आग्रह गरेका छन् । ‘अहिलेसम्म ३ सय ३१ जना नेपालीलाई पोजिटिभ देखिएको हो । त्यसमा धेरैजसो निको पनि भइसकेका छन्,’ उनले भने ।

बहराइनमा अहिलेसम्म १० हजार ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बहराइनमा कोरोना संक्रमितमध्ये १५ जनाको मृत्यु भएको छ । जसमा १४ जना बहराइन र एक जना भारतका नागरिक रहेका छन् ।

कमेन्ट गर्नुहोस्