कोरोना जितेर फर्किए वरिष्ठ सैनिक अधिकृत

काठमाडौंः कोरोनाबाट संक्रमित नेपाली सेनाका वरिष्ठ अधिकारी स्वस्थ भएका छन् । मध्यपूर्वी पृतनामा कार्यरत उनी १२ दिनपछि स्वस्थ भएका हुन् ।

जंगीअड्डा स्रोतका अनुसार सशस्त्र प्रहरी अस्पताल, बलम्बुले उनलाई शुक्रबार डिस्चार्ज गरेको हो ।

स्वास्थ्य मन्त्रालयले ३ जेठमा उनलाई कोरोना संक्रमण भएको पुष्टि गरेको थियो । उनीसँगै भर्ना भएका अर्का सैनिक अधिकारी पनि निको भएका छन् ।

कमेन्ट गर्नुहोस्