कोरोना जितेर थप ८ जना घर फर्किए

दाङः जिल्लाको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालबाट आज ८ कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

कोरोना विशेष अस्पतालमा यही जेठ २ गते भर्ना भएका उनीहरुलाई दुईपटकसम्म गरिएको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको कोरोना विशेष अस्पताल बेलझुण्डीका व्यवस्थापक द्रोणबहादुर वलीले जानकारी दिए ।

याे पनि पढ्नुस  नेपालमा थप ३ जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमित संख्या ४५ पुग्यो

वलीका अनुसार घर फर्कनेमा कपिलवस्तुका ४, बाँकेका ३ र दाङ, गढवाका १ जना छन् । कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका ४५ मध्ये ८ जना निको भएपछि ३७ कोरोना संक्रमितको उपचार भइरहेको छ ।

अस्पतालमा रुकुम (पूर्व), रुपन्देही, कपिलवस्तु , बाँके , दाङ र बर्दियाका छन् । उपचार गराइरहेकामध्ये २ महिला भएको वलीले बताए ।

कमेन्ट गर्नुहोस्