रौतहटमा एकै दिन ५६ काेराेना संक्रमित थपिए

गौरः रौतहटमा एकै दिन ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएकामध्ये जिल्लाको राजपुर नगरपालिकामा ३३ जना, ईशनाथ नगरपालिकामा १५ जना, बौधीमाई नगरपालिकामा २ जना र मौलापुर नगरपालिकामा ६ जना छन्।

रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेका अनुसार बिहीबारसम्म जिल्लामा १ सय २५ जना मात्रै संक्रमित थिए। १ हजार ५ जनाको स्वाब परीक्षण गर्दा १ सय ८१ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

याे पनि पढ्नुस  कोरोनाभाइरस संक्रमणः स्पेनमा आपतकालको घोषणा

यो सँगै रौतहटमा संक्रमितको संख्या १ सय ८१ पुगेको छ । अझै ६ सय १३ जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय रौतहटका फोकल पर्सन हरेन्द्र गुप्ताले जानकारी दिए।

अझै रौतहटको विभिन्न स्थानीय तहका क्वारेन्टाइनमा ६ हजार ४ सय ३९ जनालाई राखिएको छ। जसमा ३ सय ६ जना महिला छन्। भारतबाट दिन प्रतिदिन आउने क्रम बढेपछि रौतहटमा कोरोना संक्रमितको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ।

कमेन्ट गर्नुहोस्