खाना नपाएर बाटोमै मृत्यु भएका युवकको पीसीआर रिपोर्ट आयो

धनुषाः जिल्लाको जटहीनाकामा यही जेठ १४ गते बुधबार मृत्यु भएका युवकमा कोरोनाको सङ्क्रमण नदेखिएको पाइएको छ । प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाका अनुसार युवकको कोरोना परीक्षणको नतिजा निगेटिभ आएको छ ।

४ महिनाअघि रोजगारी गर्न भारतको गुजरात गएका धनुषा जिल्ला शहीदनगर नगरपालिका–९ का ३० वर्षीय वीरेन्द्र गुरमैता (यादव) को घर आउने क्रममा जटहीनाकामा मृत्यु भएको थियो ।

याे पनि पढ्नुस  धनुषामा विषाक्त मदिरा सेवनबाट ज्यान गुमाउनेको संख्या १७ पुग्यो

उनका सहकर्मीका अनुसार घर आउने क्रममा यादव भोकै ६ दिनसम्म पैदल हिँड्दै घर फर्किरहँदा भोकले बेहोस भइ सो स्थानमा मृत्यु भएको थियो । यसैबीच शहीदनगर नगरपालिकाले किरियाखर्चका लागि मृतकका परिवारलाई १ लाख रकम दिने निर्णय गरेको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्