दाङमा पनि थपिए ५ संक्रमित

दाङः शुक्रबार दाङमा पाँच जनामा कोरोना संक्रमत पुष्छि भएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसिआर विधिवाटस्वाब परीक्षण गर्दा उनीहरूमा कोरोना पुष्टि भएको हो ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार दाङको बंगलाचुली गाउँपालिकामा चारजना र बबई गाउँपालिकामा एकजनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

याे पनि पढ्नुस  आकाशमा नै पाइलटलाई कोरोना संक्रमणको पुष्टि भएपछि...

बंगलाचुली गाउँपालिका ४ का ३८ वर्षीय एक पुरुष, वडा १ का २७, २८ र ३३ वर्षका तीन पुरुषमा कोरोना देखिएको हो ।

त्यसैगरी कोरोना बबई गाउँपालिका वडा नं।–६ हापुरेका ३० वर्षीय एक युवामा पनि कोरोना भेटिएको छ । उनी बबईको जनकल्याण मावि पदमपुरमा क्वारेन्टाइन थिए ।

याे पनि पढ्नुस  भारतमा कोरोनाः दैनिक बढ्दैछन् संक्रमित र मृतक

संक्रमितहरू सबै केही दिन पहिले भारतवाट आएका हुन् ।

कमेन्ट गर्नुहोस्