आज थपिएका १७० जना संक्रमित कुन–कुन जिल्लाका कति ?

काठमाडौंः हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या १२ सय १२ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट ६ जनाको मृत्यु हुँदा २०६ जना निको भएका छन् ।

शुक्रबार मात्रै १७० जना संक्रमित थपिए । कोशी अस्पताल, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, नारायणी अस्पताल, पाटन अस्पताल, गण्डकी अस्पताल, भेरी अस्पताल, भरतपुर अस्पताल, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, रुपन्देही प्रादेशिक प्रयोगशाला, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान गरिएको परीक्षणमा आज १ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

याे पनि पढ्नुस  आ–आफ्नै घरमा बस्न राष्ट्रपति भण्डारीको आह्वान

यो एकै दिन बढेको अहिलेसम्मको सर्वाधिक सङ्ख्या हो । बुधवार ११४ जनामा र बिहीवार १५६ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटालले शुक्रबार कोरोना भाइरसको संक्रमण १२ जिल्लामा देखिएको बताए ।

देवकोटाका अनुसार रौतहटमा ५६ जना, रुपन्देहीमा एक, दाङ मा दुई जना, नवलपरासीमा दुई जना, कपिलवस्तुमा ५१ जना, बाँकेमा १० जना, सर्लाहीमा पाँच जना, म्याग्दी एक जना, पर्सामा पाँच जना, बारामा चार जना, सप्तरीमा चार जना र झापामा २८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

कमेन्ट गर्नुहोस्