अलपत्र नागरिकलाई यथाशिघ्र उद्दार गर्न माग

काठमाडौंः कोभिड–१९ का कारण मध्यपूर्वमा अलपत्र नागरिकलाई यथाशिघ्र उद्दार गर्न नेपाली कांग्रेस निकट नेपाली जनसम्पर्क समिति यूएईले माग गरेको छ ।

नेपाली जनसंपर्क समिति यूएईका सभापति भुवानी प्रसाद तिमल्सिनाको नेतृत्वमा आज परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई ज्ञापनपत्र समेत बुझाइएको छ ।

सभापति तिमल्सिना र महामन्त्री हरि खड्काद्वारा हस्ताक्षर गरिएको ज्ञापन पत्रमा खाडीका राष्ट्रहरु यूएई, कतार, साउदी, ओमान, बहराईन र कुवेतसहित मलेसिया र भारतमा रहेका नेपालीहरूको अवस्था दयनीय भएकोले तुरुन्त नेपाल फर्काउन माग गरिएको छ ।

याे पनि पढ्नुस  ‘नेकपा कार्यकर्ता कांग्रेसमा प्रवेश गर्दा बाँकेमा आक्रमण भयो’

ज्ञापनपत्र बुझाउने क्रममा पूर्वमन्त्री भिमसेनदास प्रधानले विदेशमा समस्यामा रहेका नेपालीलाई यथाशीघ्र स्वदेश फिर्ता गराउन आवश्यक पहल गर्न र सकेको सहयोग गर्न सुझाए ।

नेपाली जनसम्पर्क समितिका सभापति तिमिल्सिनाले सरकारले पहिलो प्राथमिकतामा कुवेत सरकारले आममाफी दिइएका नेपालीहरूलाई यथाशीघ्र स्वदेश ल्याउनुपर्ने माग गरे ।

याे पनि पढ्नुस  ‘प्रधानमन्त्रीज्यू, लकडाउनमा हिँडेर घर जाने मजदुरहरूको आँसुले पोल्नेछ’: थापा

युएईमा श्रम गर्न गएका केही श्रमजीवी नेपालीहरूको अवस्था अत्यन्तै गम्भीर रहेकाले प्राथमिकताको आधारमा गर्भवती महिला, भिजिटमा गएर अलपत्र परेका र रोजगार गुमाएकाहरू लगायत मध्यपूर्वका देशहरूमा समस्या परेका नेपालीहरूलाई उद्धार गरी स्वदेश फिर्ता गराउन उनले माग गरे ।

मानवअधिकारकर्मी हरि तिमल्सिनाले अलपत्र परेका नेपाली नागरिकलाई सकुशल स्वदेश फिर्ता गरी उनीहरूको उचित व्यवस्थापन र क्वारेन्टाइनमा राखेर चेकजाँच गरिनुपर्ने माग गरेका छन् ।

कमेन्ट गर्नुहोस्