को हुन् शुक्रबार थपिएका १७० कोरोना संक्रमित ?

काठमाडौंः विगत केही दिनयता नेपालमा कोरोना संक्रमितको संख्या तीन अंकमा बढिरहेको छ । शुक्रबार मात्र नेपालमा थप १७० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको परीक्षणमा १७० जनालाई कोरोना पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार नेपालमा संक्रमितको संख्या १ हजार २१२ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता देवकोटाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणम ८४ जनालाई कोरोना पुष्टि भएको बताए । कपिलवस्तु भृकुटीमण्डप कृष्णनगर क्वारेन्टाइनमा रहेका ७ वर्षका बालक देखि ५२ वर्षउमेर सम्मका २३ जना, रौतहट राजपुर फर्दवाका २ जना बालिका सहित २२ देखि ६० वर्षउमेरसम्मका ५४ जना पुरुष छन् ।

यस्तै सर्लाही मलंगवाका ३ जना पुरुषलाइ कोरोना पोजेटिभ देखिएको छ । डा. देवकोटाका अनुसार रुपन्देहीमा गरिएको परीक्षणमा कपिलवस्तु गौतमबुद्धका १७ देखि ४४ वर्षउमेर सम्मका १६५ जना पुरुषलाई कोरोना पुष्टि भएको छ ।

याे पनि पढ्नुस  कोरोना जितेकी गर्भवती भन्छिन्, ‘आत्मबल बढाए निको हुन्छ’

प्रवक्ता देवकोटाका अनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा ११ जनालाई कोरोना पुष्टि भएको छ । दाङ गडवाका २ जना, कपिलवस्तु विजयनगरका ९ जनालाई कोरोना पुष्टि भएको छ ।

यसैगरी कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा २७ जनालाई कोरोना पोजेटिभ देखिएको छ । यसैगरी वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा ५ जनालाई कोरोना पुष्टि भएको छ । जसमा सप्तरी राजविराजका ४ र झापा भद्रपुरका १ जना पुरुष छन् ।

शुक्रबार नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ९ जनालाई कोरोना पोजेटिभ देखिएको छ । जसमा बारा चन्द्रौटा राष्ट्रिय मावि क्वारेन्टाइनका ४ जना, पर्सा पोखरीयाका ४ जना, पर्सा भवानीपुरका १ जना छन् ।

याे पनि पढ्नुस  आकाशमा नै पाइलटलाई कोरोना संक्रमणको पुष्टि भएपछि...

यस्तै पाटन अस्पतालमा गरिएको परीक्षणका सर्लाहीकी ३१ वर्षकी महिलालाई कोरोना पुष्टि भएको छ । हाल उहाँ पाटन अस्पतालमा नै रहेका छन् । प्रवक्ता देवकोटाका अनुसार गण्डकी अस्पतालमा गरिएको परीक्षणमा म्याग्दी मालिकाका ३० वर्षका पुरुषलाई कोरोना पोजेटिभ देखिएको छ भने भेरी अस्पताल बाँकेमा गरिएको परीक्षणमा १० जनामा कोरोना संक्रमण देखिएको छ । जसमा सबै जना बाँके डुडुवाका छन् ।

यसैगरी भरतपुर अस्पतालमा गरिएको परीक्षणमा कपिलवस्तुका ४ जना, नवलपरासीका २ जनालाई कोरोना संक्रमण भएको छ । हालसम्म नेपालमा १ हजार १०३ जना पुरुष र १०९ जना महिला संक्रमित भएका छन् ।

प्रवक्ता देवकोटाले २४ घण्टामा ३ हजार २३८ जनाको पीसीआर र ३ हजार ४४४ जनाको आरडिटी विधिबाट परीक्षण भएको छ । हालसम्म पीसीआरबाट ६४ हजार १५४ जना र १ लाख ५ हजार ४७८ जनाको आरडीटिबाट परीक्षण भएको छ ।

याे पनि पढ्नुस  अमेरिकामा ह्वात्तै घट्यो कोरोना

उनले शुक्रबार टेकु अस्पतालबाट २, पाटन अस्पतालबाट ७,सशस्त्र प्रहरी अस्पताल बलम्बुबाट २, कोरोना विशेष अस्पताल दाङबाट ८ जना गरि १९ जना डिस्चार्ज भएको जानकारी दिए । यो संगै निको भएर घर जानेको संख्या २०६ पुगेको छ ।

यसैबीच नेपालमा थप एक जनाको कोरोनबाट मृत्यु भएको छ । भारतबाट अर्घाखाँची आउँदै गर्दा बाटैमा मृत्यु भएका एक युवकमा कोरोना पुष्टि भएसंगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६ पुगेको हो । युवकको अन्त्येष्टि गरिएको ५ दिनपछि रिपोर्ट पोजेटिभ आएको हो ।

मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले मृतकको स्वाब जेठ ११ गते नै संकलन गरि प्रादेशिक प्रयोगशाला बुटवल पठाइएकोमा हिजो मृतकको रिपोर्ट पोजेटिभ देखिएको जानकारी दिए ।

कमेन्ट गर्नुहोस्