कस्तो बित्दैछ तपाईंको आजको दिन ? पढ्नुस् राशिफल

२०७७ जेठ १७ गते शनिबारको राशिफल ।

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

आज नयाँ वस्त्र तथा अलंकार प्राप्ति हुनेछ । न्यायिक र प्रशासनिक कार्यमा सफलता मिल्नेछ । साहित्य तथा संगीतमा रुचि बढ्नेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )

नयाँ कार्यको चर्चा चल्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागिपनि श्रेष्ठ समय रहेकोछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )

राज्यबाट मान सम्मान पाइनेछ । विद्या र बुद्धिको विकास हुनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् ।

याे पनि पढ्नुस  शुक्रबार कस्तो छ तपाईंको भाग्य ? पढ्नुस् राशिफल

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

महिला वा मित्रबाट विशेष आज भाग्यले साथ दिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ । माइलो यात्राको योग रहेको छ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )

आज भाग्यले विभिन्न अवसर जुराउनेछ । शिक्षामा सफलता पाईनेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )

आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सानातिना समस्यामा अल्झिनुपर्नेछ ।

याे पनि पढ्नुस  तपाइको राशिफल आज कस्तो ? हेर्नुहोस्

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )

धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ । प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । जोश जाँगर र मनोबल उच्च रहनेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )

आज धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । आकस्मिक धन लाभ हुनेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )

नसोचेको ठाउँबाट धनागम हुनेछ । वैदेशिक क्षेत्रको कार्य विस्तारै अघी बढ्नेछ । विशिष्ट व्यक्तिको साथ र सहयोग पाईनेछ ।

याे पनि पढ्नुस  आज मंसिर ९ सोमवार कस्तो छ तपाइँको दिन? हेर्नुस् राशिफल

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )

आज यात्रा नगरेकै जाती हुन्छ । झञ्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । नजिकका व्यक्तिबाट धोका हुने र अवसर गुम्न सक्नेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )

आज नयाँ र शुभकार्यको चर्चा चल्नेछ । बोलीको प्रभावले अरुको मन जित्न सकिनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )

आजबाट विस्तारै शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाईनेछ । शुभ समाचारपनि सुन्न पाइएला ।
– ज्यो.प. नारायणप्रसाद दुलाल

कमेन्ट गर्नुहोस्