भारतमा कोरोना संक्रमितको संख्यामा रेकर्ड ब्रेक !

काठमाडौंः भारतमा कोरोना संक्रमितको संख्यामा रेकर्ड ब्रेक भएको छ । दिनदिनै संक्रमित बढ्दै जाँदा भारतमा कोरोना संक्रमितको संख्यामा रेकर्ड ब्रेक हुँदै गएको छ ।

भारतमा बिहीबार २४ घण्टामा सबैभन्दा बढी ७ हजार ३ सय थपिएसँगै नयाँ रेकर्ड कायम भएको थियो । तर, शुक्रबार संक्रमित थपिँदै उक्त रेकर्ड पनि ब्रेक भएको हो ।

याे पनि पढ्नुस  गोरखाका युवकमा कोरोना संक्रमण नभएको पुष्टि

भारतमा शुक्रबार ८ हजार १ सय ५ जना संक्रमित थपिँदा २६९ जनाको मृत्यु भएको छ ।

योसँगै त्यहाँ संक्रमित संख्या १ लाख ७ हजार ४ सय ९१ पुगेको छ भने ४ हजार ९ सय ८० जनाको मृत्यु भएको छ ।

याे पनि पढ्नुस  टोकियो ओलम्पिक अर्को वर्ष पनि अनिश्चित

कुन प्रदेशमा कति संक्रमित र मृतक ?

कमेन्ट गर्नुहोस्