नेकपा सचिवालय बैठक आकस्मिक रूपमा बस्दै, किन ?

काठमाडौंः नेकपा सचिवालय बैठक शनिबार बस्दैछ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष प्रचण्डबीच बालुवाटारमा भेटर्वार्ता भएपछि बैठक तय भएको हो ।

बैठक शनिबार बिहान साढे ९ बजेका लागि बोलाइएको छ । बजेटमा एमसीसीको कार्यक्रम समेटिएपछि त्यसबारे छलफल गर्न बैठक बस्न लागेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । एमसीसीलाई लिएर नेकपामा विवाद छ ।

याे पनि पढ्नुस  नेकपाले संविधान संशोधनको मतदानमा अनुपस्थित सांसदसँग स्पष्टीकरण माग्यो

सत्तारुढ दल नेकपाभित्र विवादित बनेको एमसिसी परियोजनाअन्तर्गत प्राप्त हुने पाँच अर्ब ७२ करोड रुपैयाँ वैदेशिक अनुदान बजेटमा समावेश भएको छ ।

एमसीसी परियोजनाबाटै प्राप्त हुने भनेर राखिएको रकमसहित बजेट पारित भएमा अमेरिकासँगको एमसीसी सम्झौताले वैधानिकता पाउने आशंकापछि केही सचिवालय सदस्यको दबाबमा शनिबार बिहान आकस्मिक रूपमा प्रधानमन्त्रीनिवास बालुवाटारमा केन्द्रीय सचिवालय बैठक बोलाइएको छ ।

याे पनि पढ्नुस  आज पनि नेकपा स्थायी कमिटी बैठक बस्दै, दूरगामी निर्णय लिने अपेक्षा

पार्टीभित्र विवाद भएपछि यसबारे अध्ययन गर्न बनाइएको कार्यदलले एमसीसीलाई यथास्थितिमा पारित गर्न नहुने सुझाव दिएको छ ।

कमेन्ट गर्नुहोस्