रेडियो धनगढीद्वारा भक्त बिबिसँगको सहकार्यमा खाजा वितरण

धनगढीः कैलालीको त्रिनगर नाकाबाट उद्दार गरी पहाडी जिल्लालगायत ठाउँमा जाने नागरिकहरूलाई पानी र चाउचाउ वितरण गरिएको छ ।

धनगढी उपमहानगरपालिका–३ को संयोजन तथा भक्त बिबि हेल्पिङ्ग ह्यान्डस् फर ह्युमानिटी र रेडियो धनगढीको सहकार्यमा भारतका विभिन्न शहरबाट आएर सम्बन्धित स्थानीय तह जाँदै गरेका नागरिकहरूलाई सहयोग गरिएको रेडियो धनगढीका कार्यकारी निर्देशक तथा धनगढी खबर डट कमका सम्पादक हरि जोशीले बताए ।

याे पनि पढ्नुस  स्टाफ नर्स मृत फेला

भारतका विभिन्न शहरबाट आएर भारतीय बजार गौरीफन्टामा अलपत्र परेका नागरिकलाई उद्दार गरि सम्बन्धित स्थानीय तहमा पठाउने काम समेत जारी रहेको छ । आफ्ना स्थानीय तहका नागरिक बोकेर पहाड जाँदै गरेका बसलाई रोकेर खाजा स्वरुप पानी र चाउचाउ वितरण गरिएको भक्त बिबि हेल्पिङ्ग ह्यान्डस् फर ह्युमानिटीका सुदूरपश्चिम सल्लाहकार तथा रेडियो धनगढी र धनगढी खबर डटकम का अध्यक्ष राज बहादुर चन्दले जानकारी दिए ।

याे पनि पढ्नुस  वडा स्तरीय भेट्रान भलिबल प्रतियोगिता हुने

यात्रुहरुलाई बस बाहिर नझारेर धनगढीको त्रिभुवन चोक वोराडाँडीमा २६ पेटी पानी र चाउचाउ वितरण गरिएको हो ।

नागरिकहरुको सुविधाको लागि शुक्रबारबाट पहाड जाने नागरिकको लागि पानी र चाउचाउ वितरण गर्ने कार्यको शुरूवात गरिएको अध्यक्ष चन्दले जानकारी दिए । अब हरेक दिन उक्त ठाउँ हुदै पहाडी जिल्ला जाने नागरिकहरुलाई चाउचाउ र पानी वितरण गरिने छ ।

याे पनि पढ्नुस  भ्रमण बर्ष २०२०: धनगढीका पर्यटकीय स्थल घुम्न निःशुल्क बस सेवा

साथै यसअघि भक्त बिबि हेल्पिङ्ग ह्यान्डस् फर ह्युमानिटीले धनगढी उपमहानगरपालिका–३ को त्रिभुवन माध्यमिक विद्यालयमा तत्कालका लागि ५१ बेडको क्वारेन्टाइन सञ्चालनमा ल्याइएको छ । त्यस क्वारेन्टाइनमा अहिले २८ जना नागरिक बसेका छन् । कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष बलबहादुर एर, सदस्य ओम चन्दलगायतको सहभागीता रहेको थियो ।

कमेन्ट गर्नुहोस्