एटीएम फुटाउँदै फुटाउँदै पक्राउ

साङ्केतिक तस्बिर ।

भक्तपुरः एटीएम फुटाउँदै फुटाउँदै एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको कदमवास घर बताउने सचिन तामाङ रहेका छन् । ठिमी वाहखा बजारमा रहेको एनआइसी एसिया बैंकको एटीएम फुटाउँदै गर्दा उनलाई भक्तपुर प्रहरीले पक्राउ गरेको हो ।

याे पनि पढ्नुस  लकडाउन उल्लंघन गर्ने दुई हजार बढी कारवाहीमा

प्रहरीले तामाङको साथबाट एक थान ह्याम्बर, एक थान स्क्रु ड्राइभर, एटीएम मेसिनको बाहिरी कभर र रोलर बरामद गरेको छ ।उनले एटीएमको बाहिरी कभर मात्रै फुटाएको र रकम लुट्न नपाउँदै पक्राउ गरिएको प्रहरी नायव उपरिक्ष दीपक गिरीले जानकारी दिए ।

तामाङलाई अनुसन्धानका लागि महानगरीय प्रहरी वृत ठिमी भक्तपुरमा ल्याइएको छ ।

कमेन्ट गर्नुहोस्