सकियो नेकपा सचिवालय बैठक, के-के भए निर्णय?

काठमाडौंः सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले संसदमा एमसीसी परियोजना विचाराधीन रहेकोले अनुमोदन नहुँदासम्म त्यसअन्तर्गतका कामहरू रोक्ने निर्णय गरेको छ ।

शनिबार प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको सचिवालय बैठकका निर्णय सञ्चारकर्मीलाई सुनाउँदै प्रवक्तासमेत रहेका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले एमसीसी अनुमोदन नहुञ्जेल त्यसअन्तर्गतका काम रोक्ने बताए ।

याे पनि पढ्नुस  एमसीसी संसद्बाट अनुमोदनपछि मात्रै कार्यान्वयन हुन्छः अर्थमन्त्री खतिवडा

यसबारे प्रधानमन्त्रीले बुझेर आवश्यक निर्देशन दिने पनि उनले बताए । सचिवालय बैठकमा अर्थमन्त्री युवराज खतिवडा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्थायी कमिटी सदस्य भीम रावल पनि सहभागी थिए।

प्रवक्ता श्रेष्ठका अनुसार बैठकमा अर्थमन्त्री खतिवडाले बजेटमा एमसिसी किन समावेश गरिएको भन्नेबारे प्रष्टाएका थिए ।

याे पनि पढ्नुस  बालुवाटारमा नेकपा सचिवालय बैठक, यी विषयमा हुँदैछ छलफल

‘बजेटमा प्रस्तुत अनुसूचीमा राखिएको एमसिसी शीर्षकको योजनाको बारेमा थप स्पष्टताका लागि छलफल भएको हो। एमसिसी संसदबाट अनुमदोदन भएको खण्डमा त्यो लागू हुने। अनुमोदन भएन भने सरकारले वैकल्पिक व्यवस्था गरी अघि बढ्ने अर्थमन्त्रीले प्रष्ट पार्नुभएको छ,’ श्रेष्ठले भने।

एमसीसीबारे नेकपाले गत माघमा सचिवालय सदस्य झलनाथ खनालको संयोजकत्वमा बनाएको कार्यदलले दिएको प्रतिवेदन अध्ययन गर्ने पनि निर्णय भएको छ । उक्त कार्यदलले यथास्थितिमा एमसिसी लागू गर्न नहुने सुझाव दिएको थियो।

कमेन्ट गर्नुहोस्