आज १ सय ८९ जनामा कोरोना पुष्टि, कुन प्रदेशमा कति संक्रमित ? (सूचीसहित)

काठमाडौंः नेपालमा आज १ सय ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, रुपन्देही प्रादेशिक प्रयोगशाला, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, नारायणी अस्पताल वीरगञ्ज, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र काेशी अस्पताल विराटनगरमा गरिएकाे परिक्षणमा आज १ सय ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो सँगै नेपालमा कुल संक्रमितको संख्या १ हजार ४ सय १ पुगेको छ । जसमध्ये १ हजार २ सय ८८ पुरुष र १ सय १३ जना महिला रहेका छन् ।

याे पनि पढ्नुस  संक्रमित जोडीः कोरोना जिते अनि सन्तान जन्माए !

त्यस्तै, आज १३ जना कोरोना जितेर घर फर्किएका छन् । यो सँगै कोरोनाबाट मुक्त हुनेको संख्या २ सय १९ जना पुगेको छ ।

अहिलेसम्म नेपालमा ६ जनाको कोरोनाबाट मृत्यु भएको छ । मृत्यु हुनेमा ५ पुरुष र १ महिला रहेका छन् । हालसम्म ५३ जिल्ला कोरोनाबाट प्रभावित भएका छन् ।

याे पनि पढ्नुस  भारतमा संक्रमितको संख्या ७८ हजार नाघ्यो, १/२ दिनमा चीनलाई उछिन्ने सम्भावना

कुन प्रदेशमा कति संक्रमित ?

प्रदेश १ मा १६० जना- ९ जिल्ला

प्रदेश २ मा ५४७ जना- ८ जिल्ला

बागमति प्रदेशमा ४५ जना- १२ जिल्ला

गण्डकी प्रदेश मा २० जना- ५ जिल्ला

प्रदेश ५ मा ५४७ जना- ९ जिल्ला

कर्णाली प्रदेशमा ६१ जना- ३ जिल्ला

याे पनि पढ्नुस  नेपालमा थप ४३ जनामा देखियो कोरोना

सुदूरपश्चिम प्रदेशमा २१ जना- ७ जिल्ला

कुन प्रदेशमा कति डिस्चार्ज ?

प्रदेश १ मा ३० जना

प्रदेश २ मा १०४ जना

बागमति प्रदेशमा २८ जना

गण्डकी प्रदेशमा ३ जना

प्रदेश ५ मा ४८ जना

सुदूरपश्चिम प्रदेशमा ६ जना

कमेन्ट गर्नुहोस्