नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुग्यो

काठमाडौंः नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

शनिबार बिहान दैलेखको दुल्लु नगरपालिका–११ का ३५ वर्षीय पुरुषको दुल्लु नगरपालिका–७ मा रहेको क्वारेन्टानमै मृत्यु भएको थियो । मृतक युवककोे पीसीआर रिपोर्ट पोजिटिभ आएसँगै उनको कोरोनाका कारण मृत्यु भएको पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ पुगेको हो ।

याे पनि पढ्नुस  रौतहटका १ किशोरलाई पनि कोरोना पुष्टि, संक्रमितको संख्या १४ पुग्यो

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मी नारायण तिवारीले युवकको नतिजा पोजिटिभ आएको पुष्टि गरे ।

३ दिनअघि युवकको स्वाब परीक्षणको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाइएको थियो ।

शनिबार बिहान चिया खाइसकेपछि हिँड्दै गर्दा उनको मृत्यु भएको हो । दुल्लुका मेयर घनश्याम भण्डारीका अनुसार चिया खाइसकेपछि हिँडिरहेका बेला ती पुरुष एक्कासि ढलेका थिए र त्यसको १० मिनेटमै मृत्यु भएको थियो ।

याे पनि पढ्नुस  नेपालमा कोरोनाबाट थप १ जनाको मृत्यु

भण्डारीका अनुसार भारतबाट फर्किएका उनी क्वारेन्टिनमा बसेको १० दिन भएको थियो ।

कमेन्ट गर्नुहोस्