नेपालमा थप १९ जनामा देखियो कोरोना

काठमाडौंः शनिबार थप १९ जनामा कोरोना भाइरस देखिएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परिक्षणमा १९ जनामा कोरोना पुष्टि भएको हो ।

यसअघि शनिबार १८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको थियो ।

याे पनि पढ्नुस  बिहीबार थप ५ जनामा देखियो कोरोना

योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितका संख्या ७८ पुगेको छ भने एक जनाको मृत्यु भएको छ ।

शनिबार साँझ थपिएका १९ जनासहित नेपालमा कोरोना संक्रमतिको संख्या १४ सय २० पुगेको छ । कोरोनाबाट ७ जनाको मृत्यु हुँदा २१९ पुगेको छ ।

कमेन्ट गर्नुहोस्