भारतमा फेरि बढ्यो लकडाउन

एजेन्सीः भारतमा थप एक महिना लकडाउन लम्ब्याइएको छ ।

भारत सरकारले शनिबार जुन ३० (असार १६)गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो । भारतमा यो पाँचौ चरणको लकडाउन हो ।

निर्णयअनुसार पाँचौ चरणको लकडाउनसँगै चरणबद्ध रुपमा लकडाउन खुकुलो बनाउँदै लैजाने तयारी भारत सरकारले गरेको छ ।

याे पनि पढ्नुस  नेपालमा थप ३० जनामा देखियो कोरोना

पहिलो चरणमा धार्मिक स्थल, पूजा केन्द्र, होटल, रेष्टुरेन्ट, आतिथ्य क्षेत्र र शपिंग मल्ल जुन ड देखि खुल्नेछ। सरकारले यसलाई अनलक चरण एक भनिरहेको छ।

दोस्रो चरणमा राज्य सरकारसँग छलफल गरी विद्यालय, कलेज, शैक्षिक संस्था, प्रशिक्षण केन्द्र, कोचिंग केन्द्रहरू खोलिनेछ।

निर्णयअनुसार पाँचौ चरणको लकडाउनसँगै चरणबद्ध रुपमा लकडाउन खुकुलो बनाउँदै लैजाने तयारी भारत सरकारले गरेको छ । जसअनुसार जून ८ देखि लकडाउन खुकुलो बनाउने पहिलो चरण सुरु हुनेछ ।

याे पनि पढ्नुस  ‘लकडाउन’मा जहाँ पाइन्छ सहज रुपमा ग्यास

पहिलो चरणमा धार्मिक स्थल, होटल, रेष्टुरेन्ट, आतिथ्य क्षेत्र, सपिङ मलहरु खुलाउने तयारी गरिएको छ ।

दोश्रो चरणमा राज्य सरकारहरुसँग छलफल गरी विद्यालय, कलेज, शैक्षिक संस्था, प्रशिक्षण केन्द्रहरु खोलिने जनाइएको छ ।

तेश्रो चरणमा अन्तर्राष्ट्रिय उडान, सिनेमा हल, मेट्रो रेलसेवा, स्विमिङ पुललगायत खोलिने जनाइएको छ ।

कमेन्ट गर्नुहोस्