जेठ ३२ गतेसम्म लम्बियो लकडाउन

काठमाडौंः आज बसेको मन्त्रपिरिषदको बैठकले आगामी जेठ ३२ गतेसम्म लकडाउनको समय बढाउने निर्णय गरेको छ ।

शनिवार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले जेठ ३२ गतेसम्म लकडाउनको समय बढाउने निर्णय गरेको हो ।

सरकारले पछिल्लो पटक थपेको लकडाउनको समय यही जेठ २० गते सकिँदैछ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको सिफारिसमा सरकारले लकडाउन लम्बाउने निर्णय गरेको हो ।

याे पनि पढ्नुस  ड्रोनबाट लकडाउनको अनुगमन !

बैठकले अन्तर्राष्ट्रिय सिमानाका र विमानस्थल असार १६ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।

कमेन्ट गर्नुहोस्