यी हुन् मन्त्रीपरिषद् बैठकले गरेका निर्णय (सूचीसहित)

काठमाडौंः शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ ।

बैठकले लकडाउन जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । यद्यपि यो अवधिमा लकडाउनको मोडालिटी हेरफेर हुन सक्नेछ ।

कोरोना संक्रमण फैलिएको आवश्यक ठाउँमा सेना परिचालन गर्ने निर्णय पनि गरेको छ । मन्त्रिपरिषद् बैठक अगाडि सुरक्षा परिषद् बैठक बसेको थियो । त्यसको सिफारिस अनुसार मन्त्रिपरिषदले निर्णय गरेको हो ।

याे पनि पढ्नुस  यी हुन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय (सूचीसहित)

सरकारले पछिल्लो पटक थपेको लकडाउनको समय यहीँ जेठ २० गते सकिँदैछ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको सिफारिसमा सरकारले लकडाउन लम्बाउने निर्णय गरेको हो ।

बैठकले अन्तर्राष्ट्रिय सिमानाका र विमानस्थल असार १६ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।

याे पनि पढ्नुस  गण्डकी प्रदेशमा संक्रमित संख्या १ हजार नाघ्यो

यस्तै विदेशमा अलपत्र रहेका नेपालीलाई ल्याउने कार्ययोजना बैठकले स्वीकृत गरेको छ । सरकारले विदेशमा अलपत्र रहेका नेपालीलाई उनीहरू रहेको देशस्थित नेपाली दूतावासमा नाम दर्ता गराएर प्राथमिकताका आधारमा स्वदेश फर्काउने तयारी गरेको छ ।

नेपाल ल्याएपछि काठमाडौंका होटलमा १४ दिन क्वारेन्टाइनमा राखेर मात्र जिल्ला प्रवेश गराउने योजना बनाएको छ ।

कमेन्ट गर्नुहोस्