नेपाली कांग्रेस संविधान संशोधनको पक्षमा उभिने

काठमाडौंः नेपाली कांग्रेसले संसद्मा सरकारबाट प्रस्तुत गरिएको संविधान संशोधनको विधेयकको पक्षमा उभिने निर्णय गरेको छ । पार्टीको शनिबार सम्पन्न केन्द्रीय समितिको बैठकले संविधान संशोधनको प्रस्तावलाई समर्थन गर्ने औपचारिक निर्णय गरेको हो ।

बैठकपछि पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले संविधान संशोधनको पक्षमा पार्टीले साथ दिने निर्णय गरेको जानकारी दिए । बैठकले परिवर्तित नक्सालाई संविधानको अंग बनाउने प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन दिने निर्णय गरेको उनले जानकारी दिए ।

याे पनि पढ्नुस  पूर्वसभासद रामेश्वर ढुङ्गेलको निधन

संसद्मा प्रमुख प्रतिपक्षको भूमिकाका रहेको कांग्रेसको यो निर्णयसँगै सरकारलाई संविधान संशोधनको विधेयकलाई संसद्बाट पास गराउन बलियो आधार मिलेको छ । सरकारले यस विषयमा राष्ट्रिय सहमति कायम गर्न कोसिस गर्नुपर्नेमा कांग्रेसले जोड दिएको छ । तर पार्टी जनुसुकै अवस्थामा पनि संविधान संंशोधनको पक्षमा उभिने निचोडमा कांग्रेस पुगेको केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए ।

याे पनि पढ्नुस  प्रदेश २ः मिथिला–भोजपुरा नाम राख्ने कांग्रेसको प्रस्ताव पनि अस्वीकृत

बैठकको प्रारम्भमा पार्टी सभापति शेरबहादुर देउवाले कालापानी, लिपुलेक, लिम्पियाधुराको भूभाग नेपालकै भएको उल्लेख गर्दै त्यसलाई विभिन्न प्रमाणले पुष्टी गरेको बताएका थिए ।

कमेन्ट गर्नुहोस्