६ महिनाभित्र कोरोनाविरुद्वको खोप बजारमा आउने चीनको दाबी

काठमाडौंः कोरोना भाइरसको खोप यस बर्षको अन्त्यसम्म बजारमा आउनसक्ने चीनले जनाएको छ । चीनको सम्पत्ति पर्यवेक्षण र प्रशासन आयोगले शनिबार उक्त कुराको जानकारी दिएका छन् ।

जैविक उत्पादन संस्थान वुहान इन्स्टिच्यूट र जैविक उत्पादन संस्थानको बेइजिङ इन्स्टिच्यूटले तयार पारेको यो खोप दुई हजार जनामा परीक्षण गरिएको छ । २९ मेमा चिनियाँ सोशल मिडिया प्लेटफार्म विच्याटमार्फत मा एक पोस्ट लिइएको थियो ।

याे पनि पढ्नुस  भारतमा नेपाली कोरोना संक्रमित अस्पतालबाट फरार

यस पोष्टमा यो भनिएको छ कि यो खोप बजारमा यस वर्ष पछि वा अर्को वर्षको शुरुमा आउन सक्छ । खोप चरण दोस्रो परीक्षणमा पुगेको छ ।

यो भनेको यही सन् २०२० को अन्त्यमा हो। आज मे ३१ भइसकेको छ। यस हिसाबले अब अन्तिम महिना डिसेम्बर आउन ६ महिना मात्र बाँकी छ ।

याे पनि पढ्नुस  कोरोना भाइरसबाट इटालीमा १०७ जनाको मृत्यु

उता, रुसले पनि आफूले तयार पारिरहेका कोरोना भाइरसविरुद्धको खोपको क्लिनिकल परीक्षण गरिने जनाएको छ । रुसी स्वास्थ्य मन्त्री मिखायल मुराश्कोले दुई हप्ताभित्र रुसी वैज्ञानिकले दुई हप्ताभित्र परीक्षण थाल्ने जानकारी समाचार संस्था रोयटर्सलाई दिएका हुन् ।

कमेन्ट गर्नुहोस्