नवलपरासीमा ११ जनाको आरडिटी रिपोर्ट पोजिटिभ

परासीः पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा ११ जनाको आरडिटी रिपोर्र्ट पोजिटिभ देखिएको छ ।

क्वारेन्टाइनमा रहेका ९१ जनामा गरिएको आरडिटी परीक्षणमा ११ जनाको रिपोर्ट पोजिटिभ देखिएको स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले जानकारी दिए ।

पोजिटिभ देखिएका सबैको स्वाब संकलन गरेर काठमाडौं पठाइएको छ । अरूलाई घर पठाउन थालिएको छ । सुस्ता गाउँपालिकाको क्वारेन्टाइनमा बस्नेको संख्या २ सय ६९ छ ।

याे पनि पढ्नुस  ६२ वर्षीय संक्रमितले पनि जिते कोरोना

पीसीआर परीक्षण गर्न जिल्लामा भिटिएम नभएकाले क्वारेन्टाइनमा बस्नेहरुलाई आरडिटी परीक्षण नेगेटिभि आएपछि घर पठाउने गरिएको छ ।

यसअघि सुस्ता गाउँपालिकामा गरिएको पिसीआर परीक्षणमा २ जनामा पोजिटिभ देखिएको थियो । अहिलेसम्म जिल्लामा ५ जना कोरोना संक्रमित छन् ।

कमेन्ट गर्नुहोस्