भारतबाट आएर क्वारेन्टाइनमा पुग्नेवित्तिकै बालकको मृत्यु

डडेल्धुराः क्वारेन्टाइनमा बसेका एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा नवदुर्गा गाउँपालिका–३ का साढे छ वर्षीय बालक रहेका छन् ।

डडेल्धुरा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएका बालकको आइतबार राति १२ बजे मृत्यु भएको डडेल्धुराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

याे पनि पढ्नुस  छुट्टाछुटै घटनामा ३ बालबालिकासहित ५ जनाको मृत्यु

आमाबाबुसँगै बालक भारतको मुम्बइबाट शनिबार राति मात्रै डडेल्धुरा पुगेका थिए । गम्भीर बिरामी बालकलाई उपचारका लागि अस्पताल पुर्याउनुभन्दा अगाडि नै मृत्यु भएको हो ।

बालकको कोरोना परीक्षणका लागि थ्रोट स्वाब संकलन गरिने डडेल्धुरा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जगदीशचन्द्र विष्टले बताए ।

कमेन्ट गर्नुहोस्