संविधान संशोधन विधेयक आज संसदमा पेश हुँदै

काठमाडौंः प्रतिनिधिसभाको आजको बैठकमा सरकारले संविधान संशोधन विधेयक पेश गर्ने भएकाे छ ।

कानुनमन्त्री शिवमाया तुम्बाहाम्फेले नेपालको संविधान दोस्रो संशोधन विधेयेक २०७७ को प्रस्ताव आइतबार बिहान ११ बजे दर्ता गर्ने कार्यसूचीमा रहेको छ ।

जेठ ९ गते जारी गरिएको संविधान गत बुधबार संविधान संशोधनको प्रस्ताव दर्ता गर्ने कार्यसूची रहेकोमा नेपाली कांग्रेसले समय माग गरेपछि स्थगित भएको थियो ।

याे पनि पढ्नुस  नेपालको वायु सेवालाई खतराको सूचीबाट हटाइयोः मन्त्री अधिकारी

शनिबार बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेपछि संशोधन प्रस्ताव दर्ता हुने भएको हो ।

लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको भूमि समेटेर नयाँ नक्सा सरकारले जारी गरिसकेको छ । नेपालको संविधानको अनुसूची ३ मा रहेको निशान छापमा नयाँ नक्सा राख्नुपर्ने भएकाले सरकारले संविधान संशोधनको तयारी गरेको हो ।

याे पनि पढ्नुस  संविधान संशोधन विधेयक प्रमाणीकरण, नयाँ नक्साले पायो संवैधानिक मान्यता

यस्तै आजदेखि बजेटमाथि छलफल हुने भएको छ ।

कमेन्ट गर्नुहोस्