थप १८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौंः नेपालमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा आज बिहान १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमित कालिकोट शुभकालिका गाउँपालिका–५ का १९ वर्षीय पुरुष, दैलेख नारायण नगरपालिका ३ र ५ का १६ देखि ३५ वर्ष उमेर समूहका ९ जना पुरुष, दैलेखकै देबलकाँडा–४ का १८ देखि २२ वर्षका ५ युवक, सिमडा–८ का २६ वर्षीय पुरुष, रातापानी–४ का ३८ वर्षीय युवक र साडु–८ का १ पुरुष रहेको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

याे पनि पढ्नुस  रुपन्देहीमा एकै परिवारका ९ जनामा कोरोना

उनीहरू सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका मन्त्रालयले जनाएको छ । योसँगै कर्णालीमा कुल संक्रमितको संख्या १ सय २३ पुगेको पुग्दा एकजनाको मृत्यु भएको छ ।

कमेन्ट गर्नुहोस्