भीमदत्त नगरपालिकाद्वारा महाकाली अस्पताललाई १० लाख सहयोग

महेन्द्रनगरः भीमदत्त नगरपालिकाले महाकाली अस्पताल सुधारका लागि आर्थिक सहयोग गरेको छ । अस्पताललाई पूर्वाधार, उपकरण र सामाजिक सेवा सुधारका लागि नगरपालिकाले १० लाख सहयोग गरेको हो ।

नगरपालिकाले आइतबार प्रमुख जिल्ला अधिकारी नूरहरि प्रसाद खतिवडाको उपस्थितिमा अस्पतालाई १० लाखको चेक हस्तान्तरण गरेको छ । नगर प्रमुख सुरेन्द्र विष्टले अस्पताल विकास समितिका अध्यक्ष कृष्णदत्त जोशी बोक्सर र निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. हरि कुमार श्रेष्ठलाई चेक हस्तान्तरण गरे ।

याे पनि पढ्नुस  भीमदत्त नगरपालिकाको अनुगमन समितिद्वारा कालोबजारी गर्ने व्यवसायीमाथि कारबाही

नगर प्रमुख विष्टले अस्पताल सुधारलाई प्राथमिकता दिदैं आएका छन् । स्थानीय तह निर्वाचनपछि अस्पताल सुधारका लागि सहयोग उपलब्ध हुँदै आएको छ ।

नगर प्रमुख विष्टले महाकाली अस्पताललाई व्यवस्थित गर्नका लागि नगरपालिकाले सहयोग गर्दै आएको बताए । ‘भीमदत्त नगरपालिका अस्पताल सुधार गरि सेवालाई व्यवस्थित र गुणस्तरीय बनाउन चाहन्छ, त्यसका लागि सहकार्य, सहयोग गरी अघि बढेको छ’, नगर प्रमुख विष्टले भने, ‘सहकार्य र सहयोगका लागि निरन्तरता दिन्छौं ।’

याे पनि पढ्नुस  भीमदत्त नगरपालिकाले गर्‍यो रेडक्रसलाई ३ लाख सहयोग

महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जोशीले नगर प्रमुख विष्टले अस्पताल सुधारलाई प्राथमिकता दिएर सहयोग गरेको बताए ।

‘नगरपालिका र नगर प्रमुखज्यूले सहयोग गर्दै आउनु भएको छ, यसका लागि अस्पतालको तर्फबाट धन्यवाद दिन चाहन्छौं’ अध्यक्ष जोशीले भने ।

कमेन्ट गर्नुहोस्