आइसोलेसनमा २ वर्षीया बालिकाको मृत्यु, रिपोर्ट अझै आएन

बाजुराः बाजुरामा आइसोलेसनमा भर्ना गरिएकी २ वर्षीया बालिकाको मृत्यु भएको छ ।

बाजुरा जिल्ला अस्पतालको आइसोलेसनमा भर्ना भएकी २ वर्षीया बालिकाको आइतबार बिहान मृत्यु भएको अस्पतालका प्रमुख डा. रूपचन्द्र विकले जानकारी दिए ।

ती बालिका यही जेठ १० गते बुवा, आमासहित भारतबाट फर्किएर बूढीगंगा नगरपालिका–१ स्थित क्वारेन्टाइनमा बसेकी थिइन् ।

याे पनि पढ्नुस  शनिबार साँझ थप २७ जनामा कोरोना संक्रमण

त्यस क्रममा ज्वरो, झाडापखालाका साथै श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि ती बालिकालाई जेठ १५ गते आइसोलेसनमा ल्याइएको थियो । उनका बुबा र आमालाई पनि अस्पतालको आइसोलेसनमै राखिएको छ ।

विश्वकर्माका अनुसार १६ गते बालकको थ्रोट स्वाबको नमूना संकलन गरी परीक्षणका लागि धनगढी पठाइए पनि रिर्पोट भने आएको छैन ।

याे पनि पढ्नुस  कोरोनाबाट मृत्यु भएकी महिला कुन–कुन अस्पताल गएकी थिइन् ?

कोभिड–१९ रिपोर्ट आएपछि मात्र शव व्यवस्थापन गरिने अस्पतालले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्