बाजुराकी २ वर्षीया बालिकाको कोरोनाबाट मृत्यु भएको पुष्टि

बाजुराः बाजुराकी २ वर्षीया बालिकाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ ।

जिल्ला अस्पतालको आइसोलेसनमा राखिएकी बुढीगंगा नगरपालिका १ घर भएकी २ वर्षीया बालिकाको आइतबार बिहान मृत्यु भएको थियो ।

उनको मृत्यु भएपछि स्वाब परीक्षणको लागि सेती प्रादेशिक प्रयोगशालमा पठाइएको थियो । आइतबार दिउँसो आएको रिपोर्टमा उनको कोरोना भाइरसको कारण मृत्यु भएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

याे पनि पढ्नुस  सर्लाहीमा संक्रमित किशोरका परिवारसहित १ सय १६ जनाको रिपोर्ट आयो

मृतक बालिकाकी २३ वर्षीया आमालाई पनि कोरोना पुष्टि भएको छ । मृतक बालिकाको बुबाको रिपोर्ट भने नेगेटिभ आएको छ । मृतक बालिका, आमा र बुवालाई जेठ १५ गते आइसोलेशनमा राखिएको थियो ।

२ वर्षीया बालिकामा पखाला, ज्वरो, श्वासप्रश्वासलगायत समस्या देखिएको थियो । बालिकाको अवस्था निकै चिन्ताजनक रहेको र उनलाई बचाउन नसकिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

याे पनि पढ्नुस  कोरोना भाइरसः फ्रान्समा 'लकडाउन' केही खुकुलो, सार्वजनिक गाडी र स्कुलमा मास्क अनिवार्य

८ दिनअघि उनको परिवार भारतबाट आएको थिए । भारतबाट आएका उनीहरूलाई पहिले बूढीगङ्गा नगरपालिकाको क्वरेन्टाइनमा राखिएको थियो । पछि बालिका बिरामी भएपछि, बिहीबार साँझ सदरमुकाम मार्तडीमा रहेको आइसोलेसनमा ल्याइएको थियो । यो सँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८  पुगेको छ ।

कमेन्ट गर्नुहोस्