काठमाडौंः सशस्त्र प्रहरी बल (एपीएफ) मा रहेका खेलाडीलाई पनि कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रणका लागि सीमा क्षेत्रमा परिचालन गरिने भएको छ ।
सुरक्षा अंकको रुपमा रहेका एपीएफमा अहिले झण्डै साढे ३ सयको हाराहारीमा राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडी छन् । केही खेलाडीले १३औं सागमा नेपालका लागि पदकसमेत जितेका थिए ।
खेलाडी भएपनि उनीहरूले संगठनको तालिम पनि गरेका हुन्छन् । त्यसैले राष्ट्रको लागि आइपरेको बेला खेलाडीलाई पनि परिचालन गर्न लागिएको एपीएफ स्रोतले जनाएको छ । भारतसँग सीमा नाका कडाईको लागि खेलाडीसहित २ सय जनाको टोलीलाई प्रदेश २ मा परिचालन गर्न लागिएको हो ।